२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको गैंडाकोट नगरपालिका-१५ का ६३ वर्षीय डम्बर गिरी छन् रहेका छन्।
उनले ४३ वर्षीय छोरा शंकरको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवाद हुँदा डम्बरले छोरालाई धारिलो हतियार खुर्पाले हानेको प्रहरीले बताएको छ ।
खुर्पा प्रहारबाट गम्भीर घाइते उनको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले बताएको छ । पक्राउ परेका बाबुलाई कर्तव्य ज्यानको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij