Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पहिलो संसदीय सम्बोधनमै विवादमा तानिए प्रधानमन्त्री बालेन शाह

पहिलो संसदीय सम्बोधनमै विवादमा तानिए प्रधानमन्त्री बालेन शाह


  • 1.1K
    Shares

    पहिलो संसदीय सम्बोधनमै विवादमा तानिए प्रधानमन्त्री बालेन शाह
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा पहिलो पटक प्रधानमन्त्री बालेन शाहले सांसदहरूसँग प्रत्यक्ष सवालजवाफ गर्ने क्रममा दिएका केही अभिव्यक्तिहरू अहिले बहस र विवादको विषय बनेका छन्। 

    निर्वाचनपछि लामो समयसम्म संसद्‌मा अनुपस्थित रहेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री शाहले आइतबारको बैठकमा सीमा सम्बन्धी मामिला र अन्तर्राष्ट्रिय तथ्यहरू राख्दा तयारी बिना बोलेको आरोप विपक्षी दलहरूले लगाएका छन्।

    संसद्‌मा कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सोधिएको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा सीमा मिचेको आशय व्यक्त गरेका थिए। राष्ट्रिय सार्वभौमिकता र अखण्डता जस्तो संवेदनशील विषयमा विना प्रमाण यस्तो टिप्पणी गर्नु गम्भीर गल्ती भएको भन्दै कांग्रेस र एमालेका सांसदहरूले संसद्‌मै कडा विरोध जनाएका छन्।

    नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने समय सरेको विषयमा उदाहरण दिँदै शाहले छिमेकी मुलुक चीन भर्खरै मात्र विकसित राष्ट्र बनेको दाबी गरेका थिए। तर, संयुक्त राष्ट्रसंघ र चीन स्वयम्‌ले पनि आफूलाई अझै     विकासशील देशकै सूचीमा राखेको भन्दै सांसदहरूले प्रधानमन्त्रीको अध्ययन र कूटनीतिक परिपक्वतामाथि प्रश्न उठाएका छन्।

    महिना दिनभन्दा बढी समयदेखि संसद् छलेको आरोप लागिरहेका प्रधानमन्त्री शाहको पहिलो सम्बोधन कूटनीतिक रूपमा सन्तुलित हुन नसकेको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ। प्रतिपक्षी सांसदहरूले यी विवादित अभिव्यक्तिहरूलाई संसद्‌को रेकर्डबाट हटाउन समेत माग गरेका छन्।

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १६:२४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij