Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाँदरले झम्टिँदा ३६ वर्षीया महिला गम्भीर घाइते, निर्वस्त्र अवस्थामा उद्धार

बाँदरले झम्टिँदा ३६ वर्षीया महिला गम्भीर घाइते, निर्वस्त्र अवस्थामा उद्धार


  • 820
    Shares

    बाँदरले झम्टिँदा ३६ वर्षीया महिला गम्भीर घाइते, निर्वस्त्र अवस्थामा उद्धार
    images

    काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा बाँदरको आक्रमणबाट एक स्थानीय महिला गम्भीर घाइते भएकी छिन् । पाणिनी गाउँपालिका वडा नं. ६, खिदिम बस्ने ३६ वर्षीया सरस्वती दर्लामी घर नजिकैको मेलापातमा काम गर्न गएको समयमा यो घटना घटेको हो ।

    एक्लै मेला गएकी दर्लामीलाई बाँदरले सबै कपडा च्यातेर आक्रमण गरी बेहोस बनाएपछि छिमेकीहरूले उद्धार गरेका थिए । उनको शरिरभरी घाउ छन् । गाउँपालिकाकी पूर्वउपाध्यक्ष लक्ष्मी गौतमले मेलामा गइरहेकी सरस्वतीलाई बाँदरले गम्भीर घाइते बनाएको, निर्वस्त्र अवस्थामा उनलाई छिमेकीले उद्धार गरी घरमा पुर्‍याएको गौतमले बताइन् ।

    गौतमले खिदिम क्षेत्रमा विगत केही समयदेखि बाँदरको आतङ्क निकै बढेको बताएकी छिन्। बाँदरले स्थानीयको बालीनाली सखाप पार्नुका साथै अहिले मानिसहरूलाई नै आक्रमण गर्न थालेपछि गाउँका महिला र बालबालिकाहरू एक्लै हिँडडुल गर्न समेत नसक्ने डरलाग्दो अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ ।

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १३:०५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij