२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका-८ बगुवास्थित कान्ति लोकपथमा पर्ने बागमती खोला पुलबाट शनिबार साँझ खसेको गाडीका चालक स्टेरिङमै मृत भेटिएका छन् ।
मकवानपुर र ललितपुर जोड्ने बागमती पुलबाट गाडी शनिबार बेलुका खसेको थियो । सो गाडीका चालक हेटौंडा उपहानगरपालिका–३ बस्ने ३० वर्षीय दलबहादुर बर्तौला स्टेरिङमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बागमती हाइड्रोपावरको फलामे पाइप लोड गरेर मकवानपुरबाट काठमाडौं जाँदै गर्दा पाइप बाँधिएको टुचिन चुडिएर गाडी अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको थियो ।
गाडीमा चालक र सहचालक गरी दुई जना सवार थिए । सहचालक १७ वर्षीय प्रशन्न प्रजा हामफालेका थिए । उनी सकुशल रहेको र चालकको मृत्यु भएको डिएसपी काफ्लेले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij