Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी


  • 2.4K
    Shares

    • images
    इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी
    images

    एजेन्सी । इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको लागि नयाँ निकासी आदेश जारी गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् ।

    पछिल्लो चेतावनी दुई देशका सैन्य प्रतिनिधिमण्डलहरूले वासिङ्टनमा ऐतिहासिक सुरक्षा वार्ता गरेको एक दिन पछि आएको हो । इजरायलले दक्षिण लेबनानमा निरन्तर आक्रमण जारी राखेको छ भने राष्ट्रपति जोसेफ आउनले अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँगको  फोनवार्तमा युद्धविरामका लागि सबै प्रयासहरू गर्न आवश्यक रहेको कुरामा जोड दिए ।

    इजरायल र तेहरान समर्थित हेजबुल्लाह बीचको लडाइँ रोक्नको लागि  आधिकारिक रूपमा अप्रिल –१७ देखि लागू भएको युद्धविरामको बावजुत आक्रमण जारी रहेको छ । इजरायल र हेजबुल्लाह दुवैले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउदै आएका छन् । 

    शनिबारका लागि जारी गरिएको इजरायली सेनाको निकासी आदेशमा नबातीह नजिकैका केही गाउँहरू समावेश रहेको जनाइएको छ भने, हेजबुल्लाहले उत्तरी इजरायली सहर किर्यात शमोनामा रकेट प्रहार गरेको बताएको छ ।

    हेजबुल्लाहले दक्षिणी लेबनानको घन्डोरीयेह नजिकैका इजरायली सैनिकहरू माथि आक्रमण गरी उनीहरूलाई पछि हट्न बाध्य पारेको र उत्तरी इजरायलको सैन्य आधारमा रकेट प्रहार गरेको बताएको छ ।
    शुक्रबार, हेजबुल्लाहले उत्तरी इजरायलमा आक्रमण गरेको बताएको थियो भने इजरायली सेनाले लेबनानबाट आएका धेरै प्रोजेक्टाइलहरू रोकेको पुष्टि गरेको थियो । जसमध्ये एउटा किर्यात समोना नजिकै प्रहार भएको थियो ।

    हेजबुल्लाहले मध्ययुगीन ब्युफोर्ट किल्ला नजिकै अगाडि बढ्न खोज्ने इजरायली सेना माथि आक्रमण गरेको पनि बताएको छ । इजरायली सेना लेबनान–इजरायल सीमाबाट करिब ३० किलोमिटर उत्तरबाट अगाडि बढेको  बताइएको छ । 

    इजरायल र लेबनानले अप्रिलमा प्रत्यक्ष वार्ता सुरु गरेका थिए भने पेन्टागनमा शुक्रबारको बैठक पछि वाशिङ्टनमा अर्को हप्ता चौथो चरणको वार्ता हुने अपेक्षा गरिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर टायरमा शुक्रबार भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको छ । 

    मार्चको सुरुमा अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको मृत्युको बदलामा इजरायलमा रकेट प्रहार गरे पछि लेबनान क्षेत्रीय युद्धमा तानिएको थियो । 

    हेजबुल्लाहले अमेरिकी प्रतिनिधिहरूसँग वार्ताको कडा विरोध गर्दै निशस्त्रीकरण गर्न अस्वीकार गरेको छ । शुक्रबार लेबनानको राष्ट्रिय समाचार एजेन्सी ९एनएनए० ले दक्षिणमा २० वटा भन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको रिपोर्ट गरेको छ ।

    सयौं मानिसहरू तथा पर्यटकहरू पुरानो सहर टायरमा भागेका छन्, जुन हालैको इजरायली सेनाको निकासी आदेशमा समावेश गरिएको छैन । आश्रयहरू भरिएका कारण विस्थापित बासिन्दाहरू कार वा शिविरमा सुतिरहेको  एएफपीले जनाएको छ । 

    लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणले मार्च –२ देखि कम्तिमा  तीन हजार ३५५ जना व्यक्तिको ज्यान लिएको छ । 

    images
    प्रकाशित मिति :जेठ १६ २०८३ शनिवार - १८:३७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij