Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सुकुमबासी मार्च: ‘गणतन्त्र जिन्दावाद, GUNतन्त्र मुर्दावाद’ (तस्बिरसहित)

सुकुमबासी मार्च: ‘गणतन्त्र जिन्दावाद, GUNतन्त्र मुर्दावाद’ (तस्बिरसहित)


  • 764
    Shares

    सुकुमबासी मार्च: ‘गणतन्त्र जिन्दावाद, GUNतन्त्र मुर्दावाद’ (तस्बिरसहित)
    images

    काठमाडौं । भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले गणतन्त्र दिवसको सन्दर्भ पारेर राज्यले चलाएको डोजर आतङ्क र उठीबासविरुद्ध सडक प्रदर्शन गरेका छन्। शुक्रवार काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ‘भूमिहीन सुकुमबासी मार्च’ को आयोजना गरिएको हो।

    मार्चमा सहभागी प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेर राज्यसत्ताले सुकुमबासी बस्तीहरूमा चलाएको डोजर र बल प्रयोगको कडा विरोध गरे। सो क्रममा उनीहरूले ‘गणतन्त्र जिन्दावाद !, GUNतन्त्र मुर्दावाद !!’, ‘उचित विकल्पबिना उठीबास गर्न पाइँदैन’, र ‘भूमि अधिकार सुनिश्चित गर’ जस्ता चर्का नाराबाजी गरेका थिए।

    गणतन्त्र आए पनि आफूहरूको जीवनस्तर र सुरक्षामा कुनै परिवर्तन नआएको बरु उल्टै उठिबास गराउन बन्दुक र डोजरको सहारा लिइएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे ।

    s1.JPG

    s2.JPG

    s3.JPG

    s4.JPG

    s5.JPG

    s6.JPG

    s7.JPG

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १३:४८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij