Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ

मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ


  • 946
    Shares

    मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ
    images

    काठमाडौं । मठ, मन्दिरमा आगो लगाउने घोषणा गरेका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारलाई टोखाबाट पक्राउ परेका हुन् ।

    उनलाई अनुसन्धानको लागी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् ।

    २७ वर्षीय परियारले अनामनगर स्थित संवाद डबलीमा बोल्दै ‘मठ मन्दिरमा आगो लगाइदिन्छौँ’ भनेका थिए । उनले समान अधिकार नभएर देशभर विद्रोह गर्ने चेतावनी दिएका थिए ।  

    हिजोदेखि नै दलितलाई नारकीय जीवन जिउन बाध्य बनाइएको र गाउँमा दलितको अवस्था दयनीय रहेको उनको भनाई युट्युब च्यानलहरूबाट प्रसारित भएको छ । परियार टोखा नगरपालिका वडा नम्बर–८ स्थित बानियाँटारमा बस्दै आएका छन् ।    

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १३:०५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij