Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृत्यु

उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृत्यु


  • 645
    Shares

    • images
    उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृत्यु
    images

    काठमाडौं । भारतको उत्तर प्रदेशमा पर्ने हमीरपुर जिल्लामा निर्माणाधीन पुल भत्किँदा ६ कामदारको मृत्यु भएको छ । बिहीबार अबेर राति निर्माण कार्य चलिरहेका बेला पुल खस्दा कामदारहरूको मृत्यु भएको हो ।

    मृतकहरुमध्ये दुई जना हमीरपुर र चार जना बान्दा जिल्लाका रहेका छन् । पुलको भग्नावशेषमा पुरिएका तीन कामदारलाई उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

    दुर्घटनापछि पुल निर्माणको गुणस्तर र सुरक्षा मानकलाई लिएर सवाल उठिरहेका छन् । जिल्ला प्रशासन र लोक निर्माण विभागका अधिकारीहरूले घटनास्थलको निरीक्षण गरेर अनुसन्धानको आदेश दिएका छन् ।

    बिहीबार राति उत्तर प्रदेशका कयौं भेगमा तीव्र आँधी, वर्षा र चट्याङ परेको थियो । मौसम विभागले मौसम खराब रहने चेतावनी जारी गरेको थियो ।

     

     

    images
    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - ११:५२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij