Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सडक निर्माणमा ढिलासुस्ती: आक्रोशित स्थानीयद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सडक निर्माणमा ढिलासुस्ती: आक्रोशित स्थानीयद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


  • 589
    Shares

    सडक निर्माणमा ढिलासुस्ती: आक्रोशित स्थानीयद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
    images

    काठमाडौं । गोलबजार नगरपालिका-४ स्थित निपनियामा स्थानीयले पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । 

    राजमार्गअन्तर्गत कञ्चनपुर-कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्तीविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । स्थानीय नागरिक, व्यवसायी र नेताहरुले आज शुक्रबार बिहान पनि साढे एक घण्टा सडक अवरुद्ध गराएका छन् । 

    स्थानीयहरूका अनुसार ‘चाइना रेलवे नं। २ इन्जिनियरिङ ग्रुप’ ले ठेक्का लिएको करिब ७ वर्ष बितिसक्दा पनि सडक निर्माण सम्पन्न गर्न नसक्दा सर्वसाधारणले दैनिक सास्ती खेप्नुपरेको छ ।

    सामान्य वर्षा हुँदा समेत सडक हिलाम्मे भएर आवतजावत ठप्प हुने, विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने तथा पानी र हिलोका कारण विभिन्न रोग तथा छालासम्बन्धी समस्या बढ्दै गएको स्थानीय दिनेश नायकले गुनासो गरे ।

    स्थानीय नेता प्रमेश्वर साहका अनुसार आन्दोलनपछि कम्पनीका प्रतिनिधि तथा स्थानीय तहका पदाधिकारीसँग बिहान १० बजे समस्या समाधानका लागि छलफल गर्ने सहमति भएपछि अवरुद्ध राजमार्ग खुलाइएको हो । 

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने लहान, गोलबजार, मिर्चैयालगायत बजार क्षेत्रमा सडक निर्माणले पूर्णता नपाउँदा नागरिकले सास्ती भोगेका छन् ।

    नेपाल सरकार र निर्माण कम्पनीबीच २०७७ असार ११ गते भएको सम्झौताअनुसार आयोजना २०८० कात्तिक ११ गतेभित्र सम्पन्न हुनुपर्ने थियो । 

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - ११:२५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij