Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन


  • 687
    Shares

    ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन
    images

    काठमाडौं ।  २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको २३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १८५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८१ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८७, निषेधित क्षेत्रमा हर्न बजाउने ९१, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १११, एकतर्फी सडकमा सवारी चलाउने ९३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४२ जनालाई कारबाही गरिएको हो ।   

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - ११:०६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij