२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । बैतडीमा जेसीबीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका-५ का ४० वर्षीय दलबहादुर बोहराको जेसीबीको ठक्करबाट मृत्यु भएको हो ।
बिहीबार बिहान पौने ९ बजे पुर्चौडी-५ को सल्लेरी-काटेइ ग्रामीण सडक निर्माणका क्रममा जेसीबीको बकेटले ठक्कर दिँदा बोहरा घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको थियो ।
उपचारका क्रममा डडेलधुरा अस्पतालमा बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन् ।
मृतक बोहरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ । जेसीबी चालक बझाङको बित्थडचीर गाउँपालिका-५ का २५ वर्षीय ललित बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी इन्स्पेक्टर सिंहले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij