Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सङ्घीय संसद्को झण्डासहित सगरमाथा चढेका रास्वपा सांसद मिङ्मा डेभिड काठमाडौं फर्किए

सङ्घीय संसद्को झण्डासहित सगरमाथा चढेका रास्वपा सांसद मिङ्मा डेभिड काठमाडौं फर्किए


  • 827
    Shares

    सङ्घीय संसद्को झण्डासहित सगरमाथा चढेका रास्वपा सांसद मिङ्मा डेभिड काठमाडौं फर्किए
    images

    काठमाडौं । सङ्घीय संसद्को ‘लोगो’ अंकित झण्डा बोकेर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा काठमाडौँ आइपुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सांसद रहेका शेर्पाले बुधबार बिहान ५ः४० बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। 

    सफल आरोहण पूरा गरेर फर्किएका उनको स्वागत र खुसीयालीका बिच काठमाडौँ अवतरण भएको हो। ‘सदनदेखि शिखरसम्म’ भन्ने मूल नाराका साथ सगरमाथा आरोहणमा निस्किएका सांसद शेर्पाले यात्रा सुरु गरेको नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेका हुन्। 

    उनले सर्वोच्च शिखरको चुचुरोमा नेपालको सङ्घीय संसद्को लोगो अंकित झण्डा फहराएर नेपालको संसद् र हिमालबिचको सम्बन्धको विशेष सन्देश विश्वसामु पुर्‍याएका छन्। संसद्को इतिहासमा बहालवाला सांसदले सगरमाथाको चुचुरोमा संसद्को झण्डा फहराएको यो सम्भवतः पहिलो घटना हो।

    पर्वतारोहण क्षेत्रमा ‘मिङ्मा डेभिड’ नामले चिनिने उनले यसअघि नै विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरूको सफल आरोहण गरेर संसारकै सबैभन्दा कान्छो आरोहीको विश्व कीर्तिमान समेत आफ्नो नाममा लेखाइसकेका छन्।  

     

    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १५:३९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij