२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपालमा यातायातका साधनहरूको संख्या तीव्र गतिमा बढ्दै गएको छ। देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन् । आर्थिक सर्वेक्षण २०८२\८३ अनुसार दर्ता सवारी साधनमध्ये ५० लाखभन्दा धेरै मोटरसाइकल रहेका छन् ।
चालु आर्थिक वर्ष २०८२\८३ को फागुन मसान्तसम्म ८ महिनामा मात्र बस, मिनीबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकलसहितका सवारी साधन गरी कुल २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन् ।
सर्वेक्षण अनुसार यस वर्ष फागुनसम्म ४३ हजार ७५० थान स्मार्ट लाइसेन्स वितरण गरिएको छ । अहिलेसम्म कुल ४१ लाख १४ हजार १८१ थान लाइसेन्स विवतरण भइसकेको तथ्यांक रहेको छ । फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ । त्यसमध्ये ५ हजार १ सय ८६ थान जडान भएको छ । अहिलेसम्म कुल ८८ हजार ३ सय ४० थान मात्र जडान भएको तथ्यांक छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij