Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाँदर नियन्त्रणसम्बन्धि डमी बाघको कथा संसदमा प्रश्तुत

बाँदर नियन्त्रणसम्बन्धि डमी बाघको कथा संसदमा प्रश्तुत


  • 1.1K
    Shares

    बाँदर नियन्त्रणसम्बन्धि डमी बाघको कथा संसदमा प्रश्तुत
    images

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले बाँदर आतंक नियन्त्रणका लागि डमी बाघ उपयोगी हुने कथा संसदमा प्रश्तुत गरेका छन् । 

    बाँदर आतंकका कारण किसानले अन्नबाली जोगाउन नसकेको विषयले संसदमा दैनिकजसो प्राथमिकता पाएपछि उनले तनहुँका एक किसानको दृष्टान्त पेश गर्दै डमी बाघको प्रयोग गरेर उक्त आतंक नियन्त्रण गर्न सकिने बताएका हुन् । तनहुँ शुक्ला गण्डकी ३ का किसान पहलसिंह गुरुङको सुन्तला बगानमा पुगेर १२ सय रुपैयाँमा किनेको डमी बाघले दुई सिजन सुन्तला सफलतापूर्वक जोगाएको अनुभव सांसद न्यापानेले संसदमा सुनाएका छन् । 

    जहाँ डमी बाघलाई सुन्तला बगानमा राख्दा पहिलो वर्ष बाँदर नआएको, दोस्रो वर्ष दैनिक उक्त डमी बाघलाई सार्नुपर्ने अवस्था आएको उल्लेख गर्दै दुई वर्षसम्म बाँदरबाट सुन्तला जोगाउन सफल भएको थियो । सांसद न्यौपानेले डमी बाघलाई प्रविधि जोडेर व्यवस्थापन गर्नसके कुनैपनि अन्नवाली जोगाउन सकिने सो उपाय अवलम्वन हुनेगरी सरकारले डमी बाघ प्रणाली जडान गर्न पनि माग गरेका छन् । 

    उनले सरकारलाई तत्काल राष्ट्रिय बाँदर व्यवस्थापन नीति ल्याउन र प्रभावित क्षेत्रलाई विशेष बाँदर सुरक्षा क्षेत्र घोषणा गर्न पनि माग गरेका छन् ।

     

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १२:०२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij