Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

काठमाडौँको गोकर्णेश्वरमा बर्डफ्लु पुष्टि

काठमाडौँको गोकर्णेश्वरमा बर्डफ्लु पुष्टि


  • 827
    Shares

    काठमाडौँको गोकर्णेश्वरमा बर्डफ्लु पुष्टि
    images

    काठमाडौं । काठमाडौंको  गोकर्णेश्वर नगरपालिकाको ३ वटा वडामा बर्डफ्लु पुष्टि भएको छ ।  नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’को सङ्क्रमण भेटिएको पुष्टि भएको हो । 

    नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने ‘जुनोटिक’ प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले नगरपालिकाले सङ्क्रमण देखिएका क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ।

    संक्रमणलाई थप फैलिन नदिन र जनस्वास्थ्यको सुरक्षाका लागि नगरपालिकाले व्यावसायिक फार्म सञ्चालकहरूका लागि कडा मापदण्ड सहित  निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीद्वारा जारी सूचना अनुसार पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको छ ।

    प्रत्येक फार्मको प्रवेशद्वारमा अनिवार्य रूपमा चुन वा उपयुक्त निसंक्रामक औषधिको प्रयोग गरी ‘फुटबाथ’ को व्यवस्था गर्न भनिएको छ । फार्म भित्र प्रवेश गर्दा र बाहिर निस्कँदा सो फुटबाथको प्रयोग अनिवार्य गरिएको छ ।  फार्म क्षेत्रभित्र कुकुर, बिरालो र मुसाजस्ता अन्य जनावरहरूको प्रवेश रोक्न  नगरपालिकाले निर्देशन दिएको छ ।

    नगरपालिकाले पन्छीजन्य उत्पादनको ओसारपसारमा समेत कडाइ गरेको छ । अबदेखि पन्छी वा पन्छीजन्य पदार्थको ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्नेछ । 

      

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १४:१९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij