२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ। मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनाएको हो।
प्रसाईंविरुद्ध दर्ता मुद्दामाथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको छ।
जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । अदालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी लिइएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij