Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यी हुन् सम्पति विवरण नबुझाउने ६ सांसद

यी हुन् सम्पति विवरण नबुझाउने ६ सांसद


  • 729
    Shares

    यी हुन् सम्पति विवरण नबुझाउने ६ सांसद
    images

    काठमाडौं । प्रतिनिधि सभाका ६ सदस्यले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद् सचिवालयले जेठ १० गते आइतबारसम्म सांसदहरूलाई सम्पति विवरण बुझाउन समय दिएकामा ६ सांसदले नबुझाएका हुन् ।

    तोकिएको समयमा २५४ जना सांसदले सम्पति विवरण बुझाएको र ६ जनाले नबुझाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिएका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा १७ मन्त्री छन् । मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै सम्पति विवरण बुझाउँछन् । 

    सम्पत्ति विवरण नबुझाउने ६ जना सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका ५ जना र नेपाली कम्युनिस्ट पार्टीका १ जना रहेका छन् । 

    संसद् सचिवालयले नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढा, रास्वपाका सांसदहरू आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतोले सम्पत्ति विवरण नबुझाएको जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १२:१२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij