Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार


  • 1.0K
    Shares

    सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार
    images

    काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस्ने ३८ वर्षीय बुद्धीमान घलान रहेका छन्।

    प्रहरीका अनुसार सोमबार बरहथवा नगरपालिका-१२ स्थित लौकट टोलमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो।

    खोजतलासका क्रममा ४ जनाको समूहमा रहेका मानिसहरूले प्रहरी टोलीलाई देख्नेबित्तिकै भाग्ने प्रयास गरेका थिए। भाग्ने क्रममा प्रहरीले बुद्धीमान घलानलाई नियन्त्रणमा लिन सफल भए पनि अन्य व्यक्तिहरू भने फरार भएका छन्।

    पक्राउ परेका घलानको खानतलासी गर्दा उनको साथबाट  भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने फलामको रड १ थान,  बारुद १७५ ग्राम, फलामको गोली ८० थान र  फलामको रडका टुक्राहरू५ थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका घलानलाई हातहतियार खरखजाना सम्बन्धी कसुरुमा मुद्दा चलाउन सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ।  

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - ११:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij