Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बस्तीमा डोजर चल्ने भएपछि महोत्तरीको कालापानीका स्थानीयले वन कार्यालयको गाडीमा लगाए आगो

बस्तीमा डोजर चल्ने भएपछि महोत्तरीको कालापानीका स्थानीयले वन कार्यालयको गाडीमा लगाए आगो


  • 981
    Shares

    बस्तीमा डोजर चल्ने भएपछि महोत्तरीको कालापानीका स्थानीयले वन कार्यालयको गाडीमा लगाए आगो
    images

    काठमाडौं । सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको बर्दिबास(३ कालापानीवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। कालापानी क्षेत्रमा बीपी राजगमार्ग अवरुद्ध गरेर स्थानीयले प्रदर्शन गरेका हुन्।

    उक्त क्षेत्रमा सोमबार दिउँसैदेखि स्थानीयको विरोध प्रदर्शन गर्दै आएका प्रहरीले जनाएको छ। उनीहरुले गएराति वन कार्यालयको एउटा गाडीमा आगो लगाएका छन्। प्रदर्शनकारीले वन कार्यालय महोत्तरीको एउटा गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले जानकारी दिएका छन्। 

    वार्ताको लागि महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी श्यामकुमार सारु मगर, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनासहितको टोली अहिले पनि घटनास्थलमै रहेको बताएका छन्। 

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १०:५८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij