Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सेती नदीको खोँचमा फाल हानेका भारतीय नागरिक मृत भेटिए

सेती नदीको खोँचमा फाल हानेका भारतीय नागरिक मृत भेटिए


  • 974
    Shares

    सेती नदीको खोँचमा फाल हानेका भारतीय नागरिक मृत भेटिए
    images

    काठमाडौं । पोखरा महानगरपालिका १७ स्थित सेती नदीको खोचमा खसेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन्। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले शव फेला पारेर बाहिर निकालेको हो। 

    भारतको सितामढी स्थायी घर भई हाल पोखरा-१७, घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतो आइतबार राति पौने १० बजे सेती नदीको खोचमा हाम फाली बेपत्ता भएको खबरपछि प्रहरीले खोजी सुरु गरेको थियो। 

    खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा १८ जनाको विपद् व्यवस्थापन टोली राति नै घटनास्थल खटिएको थियो।

    राति खोजी गर्दा फेला नपरेपछि टोली फर्किएको थियो। सोमबार बिहान पुनः सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा ११ जनाको विशेष विपद् व्यवस्थापन टोली खोजतलासका लागि परिचालन गरिएको थियो। 

    उक्त टोलीले अन्दाजी २५० फिट गहिरो खोचबाट रोप रेस्क्यु विधिको प्रयोग गरी शव निकालेको सशस्त्र प्रहरीले जनाएको छ।सशस्त्र प्रहरीले शव निकालेर नेपाल प्रहरीलाई बुझाएको छ। मुचुल्का पूरा गरी प्रहरीले शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।  

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १४:२१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij