२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवाबाट प्रहरीले ४३ हजार अमेरिकी डलरसहित एक युवकलाई पक्राउ गरेको छ।
उत्तरगया गाउँपालिका -६ बेत्रावती बजारबाट ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-५ बस्ने ३७ वर्षीय सुशिल गुरुङ छन्।
काठमाडौंबाट रसुवाको टिमुरेतर्फ जाँदै गरेको बा.प्र ०१-००६ ख ९५१५ नम्बरको बसबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट स्रोत नखुलेको ४३ हजार अमेरिकी डलर (६५ लाख ७० हजार ८३० नेपाली रुपैयाँ) बरामद गरेको छ।
गुरुङलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij