Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री बालेनविरुद्ध खनिए विपक्षी दल, जेठ १२ गते सशक्त विरोध गर्ने

प्रधानमन्त्री बालेनविरुद्ध खनिए विपक्षी दल, जेठ १२ गते सशक्त विरोध गर्ने


  • 3.5K
    Shares

    प्रधानमन्त्री बालेनविरुद्ध खनिए विपक्षी दल, जेठ १२ गते सशक्त विरोध गर्ने
    images

    काठमाडौं । सरकारको गलत कार्यशैलीविरुद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। 

    विपक्षी दलका प्रमुख सचेतकहरू कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबिच छलफलमा जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्षमा पुगेका हुन् । 

    छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्लाई गरेको उपेक्षा, विपक्षीको विरोधलगायत विषयमा छलफल नेकपाका युवराज दुलालले जानकारी दिएका छन् ।

    एमाले प्रमुख सचेतक महरले संसदीय मूल्यमान्यता विपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैर लोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको बताएका छन् ।

    संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका निम्ति विपक्षीबिचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको महरको भनाइ छ ।

    प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने भन्दै विपक्षीले विरोध गर्दै आएका छन्।   

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १५:०४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij