Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने


  • 904
    Shares

    भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने
    images

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। रास्वपाले सरकार बनाएपछि भारत भ्रमण गर्ने लामिछाने पहिलो नेता हुनेछन्। 

    भारतको विदेश मन्त्रालयको निमन्त्रणमा उनी अर्को साता दिल्ली जाने तय भएको हो। जेठ १८-१९ मा हुने भ्रमणको क्रममा लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसबीच भेट हुन सक्ने आकलन छ। तर स्रोतहरूका अनुसार अहिलेसम्म यो उच्च भेट निश्चित भइसकेको छैन।  

    भ्रमणको क्रममा लामिछानेसँग भारतीय विदशेमन्त्री एस जयशंकर र अन्य मन्त्रीहरू, विदेश सचिव विक्रम मिश्रीसहित उच्च अधिकारीहरूसँग भेट तय भएको रास्वपाका नेताहरूले बताएका छन्। 

    लामिछानेको यो भ्रमण पार्टीगत भएकाले उनलाई भारतको सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गर्ने तयारी छ। 

    प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला सभापति लामिछाने दिल्ली जान लागेका हुन्। निर्वाचनपछि दुई तिहाइ बुहमतसहित सरकार बनाएपछि रास्वपा सभापति लामिछानेको पहिलो भारत भ्रमणलाई चासोका साथ हेरिएको छ। 

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - ११:१६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij