२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्नेगरी कानून निर्माण हुनुपर्नेमा जोड दिएका छन्। पूर्वसांसद मञ्चद्वारा आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अर्यालले देश निर्माणका लागि तीन पुस्ताको भुमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् । कानून निर्माण प्रक्रियामा व्यवहारिकताको अभाव रहेको भन्दै उनले वर्तमान सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी व्यवस्थाको आलोचना गरेका छन् । उनले लाइसेन्स परीक्षाको प्रक्रियामा रहेको ९० दिनको समयसीमा र कतिपय अवस्थामा राखिएको शैक्षिक योग्यताको प्रावधानप्रति पनि आपत्ति जनाएका छन् ।
लिखित परीक्षामा अनुत्तिर्ण हुनेले तीन महिनासम्म कुर्नुपर्ने नियम अव्यवहारिक रहेको र यसले नागरिकको जीविकोपार्जनमा समेत बाधा पु¥याएको उनको तर्क छ ।
उनले भने, ‘हामीभन्दा अघिल्लो अनुभवी पुस्ता, काम गर्ने हुटहुटी भएको वर्तमान पुस्ता र प्रविधिमा पोख्त नयाँ पुस्ता मिलेर अघि बढे मात्रै यो देश बस्न लायक र जनताले खोजे जस्तो बन्नेछ । अत्यन्तै असुरक्षित मानिने दुई पाङ्ग्रे सवारीका लागि १८ वर्ष र सुरक्षित मानिने चार पाङ्ग्रेका लागि २१ वर्षको उमेर हद तोकिनु आफैँमा विरोधाभासपूर्ण छ । के हामीले सुरुमा नागरिकलाई असुरक्षित सवारी चलाउन बाध्य पारिरहेका त छैनौँ ? हामीकहाँ कानून बनाइन्छ र जनतामाथि लादिन्छ, तर त्यसको व्यवहारिक पक्ष र सामाजिक चेतनाको स्तरलाई वास्ता गरिँदैन ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij