२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आज बिहान तालिम गर्दागर्दै ७ जना जवान बेहोस भएका बेहोस भएका ६ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थी तालिमका क्रममा बेहोस भएका ६ जनालाई थप उपचारका लागि आज दिउँसोनेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँ पठाइएको हो।
यसअघि उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो। आज बिहान टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका ७ जना बेहोस भएका थिए। अर्का १ जनाको अवस्था भने सामान्य रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij