२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पाँचथरको याङवरक गाउँपालिका-६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका-५ घर भएका ३५ बर्षिय गोपाल भटराईको मृत्यु भएको हो ।
पिसाब गर्न रोकेका बेला न्यूट्रलमा रहेको गाडी गुड्न थालेपछि ब्रेक लगाउने प्रयास गर्दा चालक सहित गाडी बाटोभन्दा तल झरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । गाडीका अन्य दुईयात्री पिसाब गर्न बाहिर रहेकाले सुरक्षित छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij