Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

तराईका चार जिल्लामा तातो हावाको लहर चल्ने, तापक्रम ४१ डिग्री नाघ्ने अनुमान

तराईका चार जिल्लामा तातो हावाको लहर चल्ने, तापक्रम ४१ डिग्री नाघ्ने अनुमान


  • 701
    Shares

    तराईका चार जिल्लामा तातो हावाको लहर चल्ने, तापक्रम ४१ डिग्री नाघ्ने अनुमान
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार सहरकेन्द्रित मौसम पूर्वानुमान सार्वजनिक गर्दै पश्चिमी तराईमा अत्यधिक गर्मी बढ्ने जनाएको छ। 

    ‘आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।’ तराईमा तातो हावाको लहर चल्ने देखिए पनि देशका अन्य धेरै स्थानमा भने मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।

    दिउँसोको समयमा दिपायल, धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी हुनेछ। यी शहरहरूको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। यहाँ वर्षाको कुनै सम्भावना छैन र दिनभर तातो हावाको लहर चल्नेछ। 

    त्यसैगरी, वीरेन्द्रनगरको तापक्रम पनि ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्नेछ। रातिको समयमा भने यी स्थानहरूमा मौसम मुख्यतया सफा रहनेछ र न्यूनतम तापक्रम २१ देखि २९ डिग्री सेल्सियसको बिचमा रहनेछ। 

    अर्कोतर्फ, देशका पहाडी तथा अन्य भू(भागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। पोखरा, ओखलढुंगा र ताप्लेजुङमा दिउँसो मध्यम वर्षा हुने सम्भावना सबैभन्दा बढी अर्थात् ६० प्रतिशत रहेको छ। 

    संघीय राजधानी काठमाडौँलगायत धरान, धनकुटा, विराटनगर, जिरी र जोमसोममा ४० प्रतिशत सम्भाव्यतासहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। काठमाडौंको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस रहनेछ। सिमरा र जनकपुरमा दिउँसो हल्का वर्षा भए पनि राति मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

    तापक्रमको हिसाबले देशका हिमाली र उच्च पहाडी क्षेत्रहरू तुलनात्मक रुपमा चिसो नै रहनेछन्। दिउँसो जोमसोमको अधिकतम तापक्रम २३ देखि २५ डिग्री र जुम्लाको २९ देखि ३१ डिग्री सेल्सियसको बिचमा रहनेछ। रातिको समयमा भने जुम्लाको न्यूनतम तापक्रम १० देखि १२ डिग्री र जोमसोमको ११ देखि १३ डिग्री सेल्सियससम्म झर्नेछ। 

    डडेल्धुरामा भने दिउँसो २० प्रतिशत सम्भाव्यतासहित हल्का वर्षा भए पनि राति मौसम सफा रहनेछ। 

    674360889_4589504941278188_1634232179252195752_n_ObfLWn4mVq.jpg

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - ११:०५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij