Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पाल्पामा जंगली च्याउ खाँदा बिरामी परेका दुई जनाको मृत्यु

पाल्पामा जंगली च्याउ खाँदा बिरामी परेका दुई जनाको मृत्यु


  • 3.1K
    Shares

    पाल्पामा जंगली च्याउ खाँदा बिरामी परेका दुई जनाको मृत्यु
    images

    काठमाडौं । पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु छ भने दर्जनभन्दा बढी बिरामी परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईका अनुसार रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको जंगली च्याउ खाएर उपचारका क्रममा मृत्यु भएको हो ।

    जंगली च्याउ खाएपछि बिरामी भएका उनीहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    उनीहरुसँगै जंगली च्याउ सेवन गरी जिल्लामा दर्जन बढी बिरामी रहेको र एक जनाको अवस्था गम्भीर रहेको भट्टराईले बताए ।

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १८:२४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij