Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

बाल अधिकार परिषद् खारेज गर्ने निर्णय सच्याउनुपर्छ: इन्दिरा राना मगर

बाल अधिकार परिषद् खारेज गर्ने निर्णय सच्याउनुपर्छ: इन्दिरा राना मगर


  • 652
    Shares

    • images
    बाल अधिकार परिषद् खारेज गर्ने निर्णय सच्याउनुपर्छ:  इन्दिरा राना मगर
    images

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन्। बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन्
    । 
    अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन्। उनले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गरीन् ।
     
    उनले भनिन्,‘ राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारको निर्णय भन्ने सुनिन आएको छ । बाल अधिकार संरक्षण, बालबालिकाको हक अधिकार जस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै कुनैपनि स्पष्ट वैकल्पिक संरचना तथा प्रभावकारी व्यवस्था सुनिश्चिन नभएसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । साथै यस विषयमा सरोकारवालाहरुसँग व्यापक परामर्श गरी पुनर्विचारका लागि सरकारसँग आग्रह गर्दछु । मेरो भाषामा बालबालिका सबैभन्दा निमुखा वर्ग हो । एउटा गरिव मान्छेलाई म निमुखा भन्दिन । जो निर्दोष, कमजोर छ । उनीहरुलाई निमुखा भन्नुपर्छ भनेर पनि म आग्रह गर्दछु ।’

     

    images
    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १३:१७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij