२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र आफैँ हटाउन सार्वजनिक सूचना जारी गरेको छ।
तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले भत्काउने र त्यसको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने चेतावनी दिइएको छ ।
महानगरपालिकाका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचनाहरू निर्माण गरिएका छन्।
महानगरको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडेको सिमानाभित्र पर्ने संरचनाहरू हटाउन लागिएको हो । अदालतको आदेशपछि महानगर आक्रामकयसअघि महानगरले २०८० कात्तिक १० गते ती संरचनाहरू हटाउन ३५ दिने सूचना जारी गरेको थियो ।
उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो । तर, सम्मानित उच्च अदालतले महानगरको सूचनाउपर उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने फैसला गरेपछि महानगरलाई अतिक्रमण हटाउने कानुनी बाटो खुलेको हो ।
अदालतको आदेश र महानगरले गत वैशाख ४ गते जारी गरेको सूचनालाई समेत आधार मान्दै यो अन्तिम सार्वजनिक सूचना जारी गरिएको हो । खर्च सम्बन्धित व्यक्तिबाटै असुलिनेमहानगरले आगामी २०८३ जेठ ९ गतेभित्र व्यक्ति वा संस्थाहरूलाई आफ्ना संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन आग्रह गरेको छ।
यदि उक्त मितिभित्र संरचना नहटाएमा महानगरको डोजर चल्नेछ। सो क्रममा लाग्ने सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय लागत अतिक्रमणकारी व्यक्ति वा संस्थाबाटै कडाइका साथ असुल उपर गरिने महानगरले स्पष्ट पारेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij