Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक

नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक


  • 939
    Shares

    नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक
    images

    काठमाडौं । नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि ३ वर्षे रणनीतिक योजना २०८३\२०८५ सार्वजनिक गरेको छ । योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदाय साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ ।

    मंगलवार प्रहरी प्रधान कार्यालय एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रणनीतिक योजनामा नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण गर्ने लक्ष्य राखिएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धानलाई सूचनामा आधारित बनाइ प्रहरी सेवाको डिजिटलीकरणलाई तिब्रता दिने योजना समेत छ । प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैली विकास गर्न ७ रणनीतिक क्षेत्र तय गरिएका छन् । 

    रणनीतिक योजनाले प्रहरी संगठनभित्र नीतिगत तथा कानुनी सुधार, समुदाय-प्रहरी सहकार्य संस्थागत गर्ने, अपराध रोकथाम तथा नियन्त्रण प्रणालीलाई पूर्वानुमानमा आधारित बनाउने, प्रहरी प्रशासन र सेवा प्रवाहको कार्यदक्षता सुधार गर्ने तथा वैज्ञानिक मूल्यांकन प्रणाली विकास गर्ने लक्ष्य अघि सारेको छ । 

    रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको नयाँ रणनीतिक योजना केवल कागजी दस्तावेज नभई संगठनलाई समयानुकूल रूपान्तरण गर्ने साझा कार्ययोजना भएको बताएका छन् । उनले रणनीतिक योजनाको सफल कार्यान्वयनका लागि संगठनको जवानदेखि माथिल्लो दर्जासम्मका सबै कर्मचारीको समान जिम्मेवारी रहने बताएका छन्। उनले रणनीतिक योजना प्रहरी संगठनको समग्र कार्यदिशा भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा लाग्न सबै तहका कर्मचारीलाई निर्देशन समेत दिएका छन्। 

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १७:४७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij