Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

आईजीपी र एपीजी अन मनि लण्डरिङ प्रतिनिधिबीच भेट

आईजीपी र एपीजी अन मनि लण्डरिङ प्रतिनिधिबीच भेट


  • 1.8K
    Shares

    • images
    आईजीपी र एपीजी अन मनि लण्डरिङ प्रतिनिधिबीच भेट
    images

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया प्यासिफक ग्रुप  (एपीजी) अन मनि लण्डरिङ (सम्पत्ति सुद्धीकरण)का प्रतिनिधिबीच भेट भएको छ ।

    एपीजी मनि लण्डरिङका डेपुटी एक्ज्युकेटिभ सेक्रेटरी डेभिड सानोन तथा पोलिसी अफिसर कियाह ससलबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो ।

    भेटघाटको क्रममा उनीहरुबीच सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूचीमा नेपाललाई राखिएको अवस्थाबाट बाहिर निस्कन नेपालले प्रस्तुत गरेको कार्ययोजनाको सन्दर्भमा छलफल भएको छ ।

    कानून कार्यान्वयन गराउने प्रमुख जिम्मेवारी बोकेको निकाय नेपाल प्रहरीको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा अन्य सरोकारवाला निकायहरूसँगको प्रभावकारी समन्वयमा नेपाल प्रहरीले गरिरहेको काम कारबाहीको अवस्था, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा आगामी कार्यदिशा सम्बन्धमा वृहत छलफल भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

    सो अवसरमा वित्तीय अपराध नियन्त्रणमा सूचना आदान प्रदान, आपसी सहयोग तथा समन्वय लगायतका विषयमा समेत छलफल भएको थियो ।

     

     

    images
    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १३:३७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij