Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कञ्चनपुरमा श्रीमान्‌को शव फेला, श्रीमती पक्राउ

कञ्चनपुरमा श्रीमान्‌को शव फेला, श्रीमती पक्राउ


  • 995
    Shares

    कञ्चनपुरमा श्रीमान्‌को शव फेला, श्रीमती पक्राउ
    images

    काठमाडौं । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका-५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले सुनार सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको जानकारी दिएका छन् ।

    घटनापछि प्रहरीले श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिएको छ । यशोदाले नै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी निरीक्षक थापाका अनुसार मृतकको घाँटीमा धारिलो प्रहार भएको पाइएको छ ।

    घटनास्थलबाट चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ । घरमा श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए । घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १३:२६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij