Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

ध्रुवराज राई बोल्दै गर्दा आशिका तामाङले उठाइन् नियमापत्ति

ध्रुवराज राई बोल्दै गर्दा आशिका तामाङले उठाइन् नियमापत्ति


  • 960
    Shares

    ध्रुवराज राई बोल्दै गर्दा आशिका तामाङले उठाइन् नियमापत्ति
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आकस्मिक समयमा बोल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति गरेकी छन् ।

    नियमापत्ति जनाउँदै रास्वपा सांसद तामाङले वन्यजन्तु मार्ने कुरा संसद् जस्तो गरिमामय ठाउँमा बोल्न नहुने तर्क गरिन्। उनले सांसद राईले प्रयोग गरेको ‘बाँदर मार्न पाउनुपर्छ’ भन्ने वाक्य तत्काल संसद्को रेकर्डबाट हटाउन माग समेत गरेकी छन् ।

    बाँदरले बालीनाली नष्ट गरेर किसान आजित भएको भन्दै संसद्मा निरन्तर आवाज उठिरहेका बेला राईको उक्त अभिव्यक्ति र तामाङको नियमापत्तिले संसद् बैठकमा केही बेर तरंग पैदा गरेको थियो। 

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - ११:४२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij