Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने

मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने


  • 1.8K
    Shares

    मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने
    images

    काठमाडौं । मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी प्रतिनिधिसभा नियमावली बनाइँदैछ ।

    सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका माननीय सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

    उक्त मस्यौदा नियमावलीको नियम १७८ मा संसदीय विषयगत समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था छ । नियम १७८ को उपनियम ४ मा भनिएको छ, ‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ । अन्य कार्यसूचीमाथिको छलफलमा आवश्यकताअनुसार मन्त्री अनिवार्य उपस्थित हुनुपर्नेछ ।’

     

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १०:५८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij