२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित एक्लेभट्टीबाट ५ सय ९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका-१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ बस्ने फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका-३ बस्ने पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित पक्राउ गरेको छ ।
नियन्त्रणमा लिइएको सामानहरुमा ईलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ केजी खाली कार्टुन बक्स समेत रहेको थियो ।
पक्राउ परेकहरुलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीे प्रवक्ता बिष्णु प्रसाद भट्टले जानकरी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij