Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुरु भयो एक महिने मत्स्यनारायण मेला

सुरु भयो एक महिने मत्स्यनारायण मेला


  • 2.0K
    Shares

    सुरु भयो एक महिने मत्स्यनारायण मेला
    images

    काठमाडौं । काठमाडौँको मच्छेगाउँस्थित मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ। ‘मलमास मेला’का नामले परिचित यस मेलामा काठमाडौँ उपत्यकासहित देशभरबाट लाखौं भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।

    धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको छ। यही विश्वासका साथ भक्तजनहरू मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन्।

    मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडको आकर्षक प्रवेशद्वार रहेको छ। साथै, माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको भगवान् मत्स्यनारायणको मूर्ति यहाँको मुख्य आकर्षण बनेको छ।

    पुराणअनुसार भगवान् विष्णुले लिएका दश अवतारमध्ये पहिलो अवतार मत्स्य अवतार मानिन्छ। प्रलयकालमा मत्स्यरूपी भगवान्ले समुद्रमा डुङ्गाको काम गर्दै वेदको रक्षा गरेको धार्मिक विश्वास रहेको छ।   

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १०:३२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij