Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

महालेखाको प्रतिवेदन: बेरुजुको मामिलामा मधेस प्रदेश पुछारमा, बागमती शीर्ष स्थानमा

महालेखाको प्रतिवेदन: बेरुजुको मामिलामा मधेस प्रदेश पुछारमा, बागमती शीर्ष स्थानमा


  • 1.3K
    Shares

    • images
    महालेखाको प्रतिवेदन: बेरुजुको मामिलामा मधेस प्रदेश पुछारमा, बागमती शीर्ष स्थानमा
    images

    काठमाडौं । आर्थिक वर्ष २०८१\०८२ मा बेरुजुको मामिलामा मधेस प्रदेश सर्वाधिक कमजोर देखिएको छ भने बागमती प्रदेश अब्बल देखिएको छ ।

    महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार यो आर्थिक वर्ष बागमती प्रदेश सरकारको बेरुजु प्रतिशत सबैभन्दा कम देखिएको छ । मधेस प्रदेश सरकारको बेरुजु प्रतिशत अन्य प्रदेशको तुलनामा बढी छ । 

    प्रतिवेदन अनुसार बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समितितर्फ यो वर्ष ०.८३ प्रतिशत बेरुजु देखिएको छ । मधेस प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समितितर्फ भने बेरुजु प्रतिशत ३.७७ प्रतिशत छ ।

    यस्तै, कोशी प्रदेश सरकार अन्तर्गत १.१२ प्रतिशत, गण्डकी प्रदेश सरकार अन्तर्गत १.४४ प्रतिशत, लुम्बिनी प्रदेश सरकार अन्तर्गत १.२७, कर्णाली प्रदेश सरकार अन्तर्गत २.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत १.५३ प्रतिशत बेरुजु देखिएको छ ।  

    pradesh_gj4JBshSbq.jpg

    images
    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १७:२०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij