Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ


  • 981
    Shares

    गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ
    images

    काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटाले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको शपथ लिएका हुन् ।

    यसअघि देवकोटाले छाडेपछि ऊर्जा मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपानेले सम्हाल्दै आएका थिए । मन्त्रिपरिषद् हेरफेरसँगै न्यौपानेको जिम्मेवारी परिवर्तन गरिएको छ ।

    अब न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    गण्डकी प्रदेशमा भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालय महत्वपूर्ण तथा बढी बजेट भएका मन्त्रालयका रूपमा रहेका छन् । पछिल्लो मन्त्रिपरिषद् हेरफेरसँगै दुवै मन्त्रालयको जिम्मेवारीमा परिवर्तन भएको हो । 

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १२:१७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij