२०८३ भाद्र ३१ गते बुधवार
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३\८४ को बजेट भदौ महिनाभित्रै ल्याउने तयारी गरेको छ।
प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले भदौभित्रै जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी बजेट ल्याउने सोमबार बताएका छन् ।
चालु आर्थिक वर्षका लागि यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले बजेट ल्याए पनि प्रदेशसभाबाट पारित हुन सकेको थिएन। बजेट पारित गर्न नसक्दा सरकारसमेत संकटमा परेको थियो। पछि राजनीतिक समीकरण परिवर्तन भएसँगै शाह नेतृत्वको सरकार ढलेको थियो।
नयाँ सरकार गठन भएपछि प्रदेश सरकारले बजेट पुनर्लेखन गरी भदौ महिनाभित्रै प्रदेशसभामा प्रस्तुत गर्ने तयारी अघि बढाएको हो।मन्त्रालयहरूले योजना तथा कार्यक्रमको पुनरावलोकन गरिरहेका छन् भने सरकारले बजेटका प्राथमिकता निर्धारण गर्ने काम अघि बढाएको जनाएको छ।
सरकारले बजेटमार्फत स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार, कृषि तथा पर्यटनलगायत क्षेत्रमा जनताले प्रत्यक्ष लाभ पाउने कार्यक्रमलाई प्राथमिकता दिने तयारी गरेको मन्त्री रावलले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij