२०८३ भाद्र ३१ गते बुधवार
काठमाडौं । कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश सरकारको तर्फबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री शेर्पाले विपद् व्यवस्थापनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए।
उनले विपद्को यस कठिन घडीमा कोशी प्रदेश सरकार प्रभावित नागरिकसँगै रहेको भन्दै आवश्यक सहयोग तथा सहजीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij