Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

भोटेकोशी बाढीपीडितका लागि कर्णाली प्रदेशले २ करोड रुपैयाँ दिने

भोटेकोशी बाढीपीडितका लागि कर्णाली प्रदेशले २ करोड रुपैयाँ दिने


  • 1.2K
    Shares

    भोटेकोशी बाढीपीडितका लागि कर्णाली प्रदेशले २ करोड रुपैयाँ दिने
    images

    काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

    रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा राहत, उद्धार,  पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपत् व्यवस्थापनका लागि प्रदेश सरकारले दुई करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

    मंगलबार मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । 

    मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना २०८३\२०९२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।   

     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - ११:४०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij