Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

फोटो र भिडिओ फेसबुकमा राख्ने धम्की दिई रकम असुल्ने युवक पक्राउ

फोटो र भिडिओ फेसबुकमा राख्ने धम्की दिई रकम असुल्ने युवक पक्राउ


  • 883
    Shares

    फोटो र भिडिओ फेसबुकमा राख्ने धम्की दिई रकम असुल्ने युवक पक्राउ
    images

    काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलालाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-११ घर भएका २३ वर्षीय समिर तामाङ छन्। 

    सामाजिक सञ्जाल मार्फत महिलालाई दुःख हैरानी दिएको उजुरीको आधारमा उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।  टिकटक लगायतका सामाजिक सञ्जालमा महिलाको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याई दिन्छु भनि धाक धम्की दिई पीडितबाट आर्थिक लाभसमेत लिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    ती महिलाको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले तामाङलाई काठमाडौँ महानगरपालिका-१३ कलंकीबाट पक्राउ गरेको हो। उनी उपर विद्युतीय कारोबार ऐन र आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १२:१६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij