Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

टिकाटालो दाजुसँग, बिहे भाइसँग !

टिकाटालो दाजुसँग, बिहे भाइसँग !


  • 1.6K
    Shares

    टिकाटालो दाजुसँग, बिहे भाइसँग !
    images

    बगहा (बिहार)। बिहारको बगहामा एक वैवाहिक समारोह त्यसबेला फिल्मी शैलीको ‘हाई-भोल्टेज’ ड्रामामा परिणत भयो, जब बेहुलाको घरमा हल्दीको रस्म चलिरहेको थियो । ठकरहा थाना क्षेत्रको नवका टोला बेलवारीपट्टी गाउँमा ललन चौधरीले आफ्ना जेठो छोराको विवाह गोपालगंजकी एक युवतीसँग तय गरेका थिए । तर, जन्ती निस्कनु ठीक एक दिन अगाडि एउटा ह्वाट्सएप मेसेजले विवाहको सम्पूर्ण रौनकलाई तनावमा बदलिदियो ।

    बेहुली पक्षको मोबाइलमा एक अज्ञात महिलाले आफू बेहुलाको पहिलो पत्नी भएको दाबी गर्दै मेसेज पठाइन् । उनले आफू विगत ९ वर्षदेखि उक्त युवकसँग सँगै बसिरहेको र उनीहरूका तीन सन्तान समेत रहेको प्रमाणसहितका तस्बिरहरू पठाएपछि विवाह घरमा खैलाबैला मच्चियो ।

    यो जानकारी पाउनेबित्तिकै बेहुली पक्षका मानिसहरू तत्काल गाउँ पुगे र पञ्चायत सुरु भयो । घण्टौंसम्म चलेको आरोप-प्रत्यारोप र बहसपछि विवाह नै टुट्ने अवस्थामा पुगेको थियो । पहिलो पत्नी दाबी गर्ने महिलाले न्यायका लागि प्रहरीमा उजुरी दिने चेतावनी समेत दिएकी थिइन् ।

    अन्ततः, गाउँले र दुवै परिवारबीचको छलफलपछि एउटा अनौठो र आश्चर्यजनक निर्णय लिइयो । सामाजिक प्रतिष्ठा र बेहुलीको भविष्यलाई मध्यनजर गर्दै जेठो दाजुको सट्टामा उनकै कान्छो भाइलाई बेहुला बनाएर विवाह सम्पन्न गर्ने प्रस्ताव राखियो । सुरुमा केही विरोध भए पनि पछि दुवै पक्ष यसमा सहमत भए ।

    रातारात विवाहको समीकरण बदलियो र जसको नाममा हल्दी लगाइएको थियो, उनको सट्टा कान्छो भाइले सेहरा बाँधेर विवाह मण्डपमा पुगे । हाल यो घटना पूरै क्षेत्रमा चर्चाको विषय बनेको छ भने प्रहरीले पहिलो पत्नी भनिएकी महिलाको दाबी र समग्र घटनाको अनुसन्धान सुरु गरेको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १८:४४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij