Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सीआईबीको टोलीले गरे एनसेल कार्यालयमा छापा

सीआईबीको टोलीले गरे एनसेल कार्यालयमा छापा


  • 778
    Shares

    सीआईबीको टोलीले  गरे एनसेल कार्यालयमा छापा
    images

    काठमाडौं । नेपाली प्रहरीको केनद्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली एनसेलको कार्यालयमा पुगेको छ। 

    स्मार्ट टेलिकमको उपकरण खरिदबारे अनुसन्धान गरिरहेको सीआईबीले एनसेल पुगेर छापा मारेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। ललितपुरको नक्खुस्थित कार्यालयमा पुगेको टोलीले सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठको बारेमा सोधखोज गरेको छ। 

    ‘अनुसन्धानकै क्रममा भएकाले अहिले धेरै बोल्न मिलेन। तर छापा मारिएको र केही कागजात नियन्त्रणमा लिइएको हो। हामीले जुन विषयमा अनुसन्धान गरिरहेका छौँ कुरा त्यही हो। अरु कुरा हामी हेर्दै छौँ’, सीआईबी स्रोतले भन्यो। 

    यसअघि यही प्रकरणमा सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसहित पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पक्राउ गरेको थियो।

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १५:५४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij