Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रचण्ड र बाबुराम विरुद्धको रिट निसुमा राखियो

प्रचण्ड र बाबुराम विरुद्धको रिट निसुमा राखियो


  • 890
    Shares

    प्रचण्ड र बाबुराम विरुद्धको रिट निसुमा राखियो
    images

    काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा।बाबुराम भट्टराईमाथि ‘युद्ध अपराध’को आरोप लगाउँदै दायर रिटमा निर्णय सुनाउन (निसु) मा राखिएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू सुनीलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा पेसी तोकिएको हो ।

    तत्कालीन माओवादीका पूर्वबालसेना लेनिन विष्टसहित ९ जनाले ०८० जेठ २८ गते दुई पूर्वप्रधानमन्त्रीलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उक्त रिटलाई २०८१ फागुन २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।

    १० वर्षे माओवादी युद्धका बेला बालसेना बनाएर प्रवेश गराएको ‘अयोग्य’ बिल्ला भिराएर शिविरबाट निकालिएको कार्यले आत्मसम्मानमा चोट पुगेको र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको रिट निवेदनमा उल्लेख छ । बालसेना भर्ती गर्ने तत्कालीन नेतृत्वमा रहेका प्रचण्ड र बाबुराम भट्टराई लाई अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न माग गरिएको छ । 

     

     

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १४:०५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij