Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

प्रतिनिधि सभाको सचिवमा पूर्वकर्मचारी प्रकाश अधिकारी सिफारिस

प्रतिनिधि सभाको सचिवमा पूर्वकर्मचारी प्रकाश अधिकारी सिफारिस


  • 386
    Shares

    प्रतिनिधि सभाको सचिवमा पूर्वकर्मचारी प्रकाश अधिकारी सिफारिस

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । यसअघिका सचिव हर्कराज राईलाई हटाएर सभामुख अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् ।

    सङ्खुवासभा निवासी अधिकारी नेपाल सरकारको उपसचिव पदबाट निवृत्त भएका पूर्वकर्मचारी हुन् । संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

    स्रोतका अनुसार संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम विशिष्ट श्रेणीको सचिव सरहको सेवा सुविधा पाउने गरी प्रतिनिधिसभा सचिवमा उनको नाम राष्ट्रपति समक्ष सिफारिस भएको हो ।     

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - ११:५९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij