Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ


  • 463
    Shares

    अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका-४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोपमा पक्राउ परेका छन् । पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार थापालाई पक्राउ गरेको हो ।

    ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् । २०७९ सालको स्थानीय तह निर्वाचन निर्वाचित भएपछि करिब १५ महिना वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थापा २०८० भदौ १५ गते स्वास्थ्य उपचार गर्न भन्दै सम्पर्कविहीन बनेका थिए । पछि उनी अमेरिका पुगेको खुलेको थियो ।

    स्थानीय स्रोतका अनुसार थापाले केही व्यक्तिलाई पैदल मार्ग हुँदै अमेरिका पुर्‍याएको र केहीसँग रकम लिएर अलपत्र पारेको आरोप लाग्दै आएको थियो । करिब साढे दुई वर्षपछि उनी नेपाल फर्किएका थिए । थापा विदेशमा रहेका बेला पनि पुतलीबजार नगरपालिकाले २०८० भदौदेखि २०८१ असारसम्मको सेवा–सुविधाबापत २ लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरेको थियो । 

    नेपाल फर्किएपछि पुनस् वडा कार्यालयमा सक्रिय देखिएका थापा अहिले भने मानव बेचबिखनसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् । प्रहरीले भने मुद्दासम्बन्धी थप तथ्य संकलन तथा अनुसन्धान जारी रहेको जनाएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १३:३५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij