Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

६६ वर्षीय करवीर राईले गरे एसईई पास

६६ वर्षीय करवीर राईले गरे एसईई पास


  • 372
    Shares

    ६६ वर्षीय करवीर राईले गरे एसईई पास

    काठमाडौं । धनकुटाका ६६ वर्षीय करवीर राई ६६ वर्षको उमेरमा एसईई परीक्षा उत्तीर्ण गरेका छन् । पाख्रिवास नगरपालिका-७ घर भई हाल धनकुटा नगरपालिका-१ मा बसोबास गर्दै आएका छन् । वि.सं. २०१७ सालमा जन्मिएका राईको शैक्षिक यात्रा निकै लामो,संघर्षपूर्ण र धैर्यताले भरिएको छ ।

    उनले पहिलो पटक वि.सं. २०४० सालमा साविक चुङवाङ गाविस, हाल पाख्रिवास नगरपालिका-१० स्थित भारती माध्यमिक विद्यालयबाट टेस्ट परीक्षा दिएका थिए । त्यसपछि त्यतिबेलाको एसएलसी परीक्षा दिएका थिए । त्यसबेला गणित, विज्ञान र भूगोल विषयमा असफल भएपनि अरु विषयमा राम्रो अंक ल्याएर पास गरेका थिए । त्यसपछि उनको पढाइ बीचमै रोकियो ।

    तर, मनभित्रको पढ्ने इच्छा भने कहिल्यै मरेन । केही नयाँ गर्ने सोचका साथ उनले पुनः अध्ययन सुरु रे । उनले २०८० सालदेखि नियमित रूपमा परीक्षाको तयारी थालेका थिए । उनले धरानस्थित सगरमाथा डल्फिन कलेजबाट प्राइभेट फाराम भरेर अध्ययन अघि बढाएका हुन् । कठिन लाग्ने गणित र अंग्रेजी विषयका लागि ट्युसन पढे भने अन्य विषय स्वअध्ययनमार्फत् तयारी गरे । २०८० सालमा उनले पाँच विषय पास गरेका थिए । गतवर्ष गणित र अर्थशास्त्र विषयको परीक्षा दिएपनि अर्थशास्त्र पास गरेको थिए । यस वर्ष गणित विषयमा समेत पास भएपछि उनले एसईई पूरा गर्न सफल भएका छन् ।

    एसईई उत्तीर्ण गरेपछि अब ११ र १२ कक्षा अध्ययन गर्ने इच्छा रहेको उनले व्यक्त गरेका छन् । 

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १२:५५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij