२०८३ बैशाख २५ गते शुक्रवार
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले राजीनामा दिएका छन् । अध्यक्षका लागि दाइले आवेदन दिएपछि भट्टले नैतिकताका आधारमा समितिबाट राजीनामा दिएका हुन् । सरकारले भट्टकै संयोजकत्वमा बोर्डको अध्यक्ष सिफारिस समिति गठन गरेको थियो ।
आफैँ संयोजक रहेको सिफारिस समितिमा दाइले नै आवेदन दिएपछि नैतिक रुपमा प्रश्न उठ्ने भन्दै भट्टले राजीनामा दिएको बताएका छन् । बोर्डको अध्यक्ष सिफारिस समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रुपमा भुवनकुमार दाहाल सदस्य छन् । भट्टको राजीनामासँगै सरकारले अब उक्त समितिमा नयाँ संयोजक नियुक्त गर्ने छ ।
बोर्डको अध्यक्ष पदका लागि ४७ जनाको आवेदन परेको छ । तीसमध्ये सिफारिस समितिले तीन जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाउने र त्यही मध्येबाट एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij